नक्कली सुन देखाएर साढे २१ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ


काठमाडौं । नक्कली सुन देखाई साढे २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रुपैयाँ दरले दिन्छु भन्दै दुई जनालाई ठगी गरेको पाइएको छ ।

ओखलढुंगाका एक व्यक्तिलाई २५ फागुन २०८१ मा भक्तपुरको इबामोरा चोकमा बोलाई १२ लाख ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

त्यसैगरी २७ जेठ २०८२ मा दोलखाका अर्का व्यक्तिलाई भक्तपुरकै पान्डुबजारमा बोलाएरर ९ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरूबाट ठगी गर्न प्रयोग गरिने एक किलो नक्कली सुन पनि बरामद भएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top