सांसद सिंहले गरे रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर (तस्बिरहरु)


काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर गरेका छन् । उनले आज दिउँसो बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् ।

रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेबाट देशव्यापी हस्ताक्षर अभियान चलाएको थियो ।

अभियानमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री रमेशनाथ पाण्डे पूर्वन्यायाधीश बलराम केसी, वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी  देखि अभिनेत्री मनिषा कोइरालासम्मले हस्ताक्षर गरेका छन् ।

पछिल्लो विहिबार सम्मको तथ्यांक रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top