घट्यो पेट्रोल र डिजलको मूल्य !


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल/मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top