‘श्री ५’ भन्नु व्यक्तिगत आस्थाको विषय : अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५’ को रूपमा सम्बोधन गर्नु व्यक्तिगत आस्थासँग सम्बन्धित विषय भएको बताएका छन्। उनले यो विषय संविधान वा कानुनसँग नजोडिएको स्पष्ट पारेका छन्।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो। यो संविधान र कानुनको विषय होइन। नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रुपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रुपमा सम्मान गर्छु।’

उनले पूर्वराजालाई श्री ५ भनेर सम्बोधन गरेकै आधारमा कसैलाई पक्राउ गर्ने, सोधपुछ गर्ने वा थुनामा राख्ने कार्यलाई गैरराजनीतिक र गैरप्रजातान्त्रिक भएको ठहर गरेका छन्।

उनले लेखेका छन्, ‘राजा ज्ञानेन्द्रलाई श्री ५ ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top