गृहमन्त्रीलाई सदनमा बोल्न दिने माओवादीको संकेत, त्यसअघि विपक्षीसँग छलफल


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी गृहमन्त्री रमेश लेखकलाई सदन बोल्न दिने संकेत देखाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको कुरा सुन्नुपर्ने निष्कर्ष निकालेको हो।

एक पदाधिकारीका अनुसार गृहमन्त्रीलाई बोल्न दिनको लागि सरकारले छानबिन समितिको प्रतिबद्धता जनाउनुपर्नेछ। यो प्रस्ताव सदन खोल्नको लागि सहज विकल्प हुनसक्ने माओवादीको बुझाइ छ।

ती नेताले भने, ‘उहाँहरूले बोल्न माग गरिराख्नुभएको छ। अहिले उहाँहरूको कुरा सुनौँ, चित्तबुझ्दो नभए थप कदम चालौँ भन्ने कुरा भएको छ। तर, यो मानव तस्करीसँग जोडिएको विषय भएकाले अहिलेको गृहमन्त्रीको मात्रै होइन, विगतका पनि छानबिन गर्ने प्रतिबद्धता आउनुपर्छ भन्नेमा हाम्रो कुरा हो। सदन चलाउन सरकारले पनि यति प्रतिबद्धता त गर्न सक्नुपर्‍यो नि १’

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। अहिले सत्ता र प्रतिपक्ष दलका नेताहरू आन्तरिक छलफलमा केन्द्रित छन्। त्यसो त बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पनि सरकार र विपक्षीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top