काठमाडौं । राजावादी आन्दोलनको प्रभाव बढ्दा काठमाडौंको दरबारमार्गमा निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जावादीहरूको राजधानी केन्द्रित आन्दोलन आज पनि जारी छ । गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजीवादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
राजावादीहरूले आज माइतीघर मण्डला र बबरमहल क्षेत्र केन्द्रित आन्दोलन गरिरहेका छन् । १५ जेठमा काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित निस्किएको राजावादीहरूको प्रदर्शन शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।







