प्रधानमन्त्रीले बोलाए सत्ताधारी दलको बैठक, यी हुन छलफलका एजेन्डा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ । आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।

मङ्गलवार पनि वार्ता भएको थियो । तर सहमति जुट्न सकेन । सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन् ।

शिक्षकहरूको आन्दोलनका लागि नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित भएको छ । कक्षा १२ को परीक्षा र एसईईको उत्तर पुस्तिका जाँचको काम पनि प्रभावित भएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top