दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको सचिवालयको भनाइ


काठमाडौं । राजा ल्याउने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयको फेसबुक पेजमा केहीबेरअघि स्टाटस मार्फत उक्त जानकारी गराएको हो ।

९:१३ मा हालिएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !(दुर्गा प्रसाईँ) जय देश जय रास्टवाद!!’

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top