‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर सार्वजनिक !


काठमाडौं । नेपाली फिल्म उद्योगमा नयाँ लघु चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उक्त लघु चलचित्र सरिता लामा द्वारा निर्मित छ भने लिन्खा इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा आइ फिल्म प्रडक्शनसँगको सहकार्यमा निर्माण गरिएको हो । फिल्मलाई पिटर प्रिन्स बि.कले निर्देशन गरेका छन्।

सार्वजनिक पोस्टरमा चलचित्रको भावनात्मक तथा गहिरो कथा प्रस्तुत गर्ने संकेतहरू देख्न सकिन्छ। जहाँ कालो पृष्ठमा एक युवकको हातमा जलिरहेको चुरोट छ र त्यसबाट धुँवाको मुस्लो निस्किरहेको देखाइएको छ ।

पोस्टरले दर्शकहरूलाई यस चलचित्रको विषयवस्तुप्रति जिज्ञासा जगाउने अपेक्षा गरिएको छ। चलचित्रको विषयवस्तु धूम्रपान तथा त्यसको प्रभावमा केन्द्रित रहेको निर्माण टिमले जनाएको छ।

यस लघु चलचित्रको ट्रेलर तथा प्रदर्शन मिति चाँडै नै घोषणा गरिने निर्माण पक्षले जानकारी दिएको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top