काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो ।
काठमाडौं महानगरपालिकाले शुक्रबारको हिंसात्मक आन्दोलनमा संलग्न व्यक्तिहरूलाई जरिवाना निर्धारण गर्न अध्ययन टोली गठन गरेको थियो । मेयर बालेनको सचिवालयका अनुसार, शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग र महानगर प्रहरी बलले अध्ययन थालेको थियो। अस्तव्यस्त नगर, ट्राफिक लाइट र दमकल तोडफोड देखि सडक फोहर र रुख विरुवा क्षती सबै जोडेर जरिवान तय भएको हो ।
महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
कुन शीर्षकमा कति जरिवाना ?
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार







