प्रधानमन्त्रीलाई बालेनले मलाई हराउने ताकमा देशलाई नडुबाउनू भन्दा शंकर पोखरेलको काउन्टर !


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यू भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ । हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे !, मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !! ’

बालेनलाई शंकरको काउन्टर जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन

नेकपा एमालेका महासचव शंकर पोखरेलले काठमाडौं महानगरको मेयर वालेनले शाहले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् । तर पछिल्लो समय काठमाडौँ महानगरमा किन कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा शाहको ध्यान पुगेको नदेखिएको पोखरेलले बताएका छन् ।

शुक्रबार राति पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई जवाफ दिँदै कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्ने पनि बताएका छन् । मेयर बालेन शाहले शुक्रबार साँझ संघीय सरकारले भोको पेट मारेर आफू हराउन  खोजेको आरोप लगाएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !, मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’

शाहको स्टाटसपछि महासचिव पोखरेल स्टाटस लेखेका हुन् । ‘काठमाडौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन’, महासचिव पोखरेलले भनेका छन्, ‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top