देश प्रेमको छहरा छाँगा सार्वजनिक; भक्त विश्वकर्मा र केदार अनुरागीले भरे स्वर !


काठमाडौँ । खोटाङका सङ्गीतकर्मीहरुले देश प्रेमलाई आधार बनाएर सृजना गरेका ‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक भएको छ । माघ १६ गते दिक्तेलमा आयोजित बाँसुरी वादन प्रतियोगिताको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।

नेपालको भौगोलिक, प्राकृतिक, जैविक र सांस्कृतिक परिवेशमा कोरिएको छहरा छाँगामा गायक तथा सङ्गीतकार भक्त विश्वकर्माले सङ्गीत भरेका छन् । कृष्ण प्रसाद आचार्यको रचनामा भक्त विश्वकर्मा र केदार अनुरागीले स्वर दिदैँ गीतलाई जीवन्त बनाएका छन् । यो सामाग्रीलाई करुणा फाउण्डेसनको सहयोगमा तयार पारिएको छ।

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा दर्शाइएको उक्त गीतमा नाटकीय सुरुवात समेत दिइएको छ । बीबी अनुरागीको म्युजिक अरेन्ज रहेको गीतको रेकर्डिस्टका गोविन्द अनेक र कमल थापा छन् ।

गीतको रिदम गिटारमा सञ्जीव बराइली, सारङ्गीका हेमन्त कान्छा रसाइली, रिदममा भुवन गर्वन्ध, बाँसुरीमा गोपाल देव छन् । सार्वजनिक छहरा छाँगामा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top