काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने


काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top