प्रधानमन्त्री ओलीको पुत्ला शव यात्रा प्रदर्शन हुँदा, चितवनका सिडिओ र एसपीको सरूवा


चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरूवा भएको छ। बुधबार गृहमन्त्री स्तरीय निर्णय गरी सिडिओ यादवलाई हटाएर प्रकाश पौडेललाई खटाइएको हो ।

त्यस्तै रिमालको ठाउँमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गौतम मिश्रलाई पठाइएको छ । स्रोतका अनुसार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला शव यात्रा प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो ।

‘उक्त भिडिओ बाहिरिएसँगै सुरक्षा निकायले त्यसलाई नरोकेको भन्दै गृहले दुवैको सरूवा गरेको हो,’ स्रोतले भन्यो। यादव र रिमाल दुवै जना चितवनबाट बिहीबारै हिँड्ने तयारीमा रहेको स्रोतको भनाइ छ । यादव गृह मन्त्रालय र रिमाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा आउने पनि स्रोतले बतायो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top