एनपीएलमा अलराउण्डर गुल्सन तानातान, लक्की बन्यो कर्णाली


काठमाडौं। नेपालका अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपील) मा कर्णालीबाट खेल्ने भएका छन् । उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले मूल्य लगाएका थिए ।

न्यूनतम मूल्य गुल्सनले १० लाख राखेका थिए । उच्चतम १५ लाखमा ७ टोली पुगेका थिए । लुम्बिनी भने ए तीन खेलाडी हुँदा सहभागी हुन पाएन । लक्की ड्र मा कर्णालीले पाएको हो । गुल्शनलाई प्राप्त गर्दा कर्णाली टीमको खेमामा खुशीयाली छाएको थियो । फ्रेन्चाइजका सदस्यहरुले आपसमा बधाई साटासाट गरेका थिए ।

पछिल्लो दुई वर्षदेखि उनले नेपालको टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । हाल क्यानडामा राम्रो गर्दा सबैको ध्यानमा तानिएका थिए । सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन् ।

१८ वर्षिय गुल्शन झा विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले थुप्रै म्याचमा नेपाललाई अप्ठेरो स्थितिबाट उकासेका छन् । पछिल्लो समय उनको बलिङ पनि धारिलो हुँदै गएको छ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले सबै टिमले उनीमाथि आँखा लगाएका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top