रास्वपा सभापति लामिछानेकाे भेटघाट कार्यक्रम, बाढी पहिरोकाे अपडेट


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय देशभर गएको बाढी पहिरो, त्यसले गरेको धनजनको क्षति र सो समयमा पार्टीले निभाएको भुमिकाबारे छलफल गर्न सार्वजनिक कार्यक्रम गर्ने भएको छ ।

पार्टीका सभापति रवि लामिछानेले प्राकृतिक प्रकोपले देश नै आक्रान्त रहेको अवस्थामा पार्टीपंक्तिले गरेको सहयोग, गर्नुपर्ने उद्धारकार्यहरु र राहत वितरणबारे छलफल गर्न दिउँसो २ बजेका लागि सार्वजनिक भेटघाट कार्यक्रम गर्ने भएका हुन् ।

पार्टीले सभापति लामिछानेले आगामी दिनमा के गर्न सकिन्छ भन्नेबारे छलफल गर्नका लागि पनि केन्द्रीय कार्यालय वनस्थलीमा सार्वजनिक भेटघाट कार्यक्रम गर्ने तयारी गरेको बताएको छ । त्यस्तै पार्टीले सो सार्वजनिक कार्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरेको छ ।

सरकारले गत बिहिबारदेखि परेको अविरल वर्षापछिको  बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको बताएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top