कान्तिपुर देशकै भ्रामक समाचार संस्था रहेको र फेरी पनि भ्रम फैलाएको सभापति लामिछानेको दाबी


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले कान्तिपुरले फेरि भ्रम छापेको बताएका छन् । आज बुधबार कान्तिपुरले प्रहरीमा छविको बयान ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’ शीर्षकमा समाचार छापेको छ । त्यसको खण्ड गर्दै लामिछानेले भ्रामक समाचार छापेर कान्तिपुरले जनतामा भ्रम छरेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेख्दै कान्तिपुरले मन गढन्ते समाचार सम्प्रेषण गरेर आफूलाई हरहालमा नागरिक बिच सहरकारी ठग प्रमाणित गर्न खोजेको आरोप लगाएका छन् । कान्तिपुर आजको दिनमा सबैभन्दा बढि अफवाह फैलाउने मिडिया रहेको बताउँदै लामिछानेले कान्तिपुर विरुद्ध सार्वजनिक लडाँईको उद्घोष गरेका छन् ।

सामाजिक संजालमा सभापति रवि लामिछानेले लेखेका छन्;
“हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने।
मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्र बारे कान्तिपुरले आज Question Out गरेछ, सुचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ। जसरी खोया काण्डमा पहिले नै समाचार लेखियो र पछि माफी पनि मागियो। सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ? पत्रीकाको First पेज देखि Last पेज सम्म रवि रवि रवि लेखेर हुने हो र? यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन। एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पुरै शक्ति र सम्पत्ति मेरा विरुद्ध लगाउछु भनेको जानकारी मलाई छ।न्याय र सत्य पनि किन्छु भन्दा आज कहाँ पुग्यो कान्तिपुर। इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर आजको मितिमा सबै भन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ। उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति। म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसद सहित चैथो दलको नेता सम्म भैसकें। एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो। म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो। मेरो लडाइ त बाँकी छ, तर त्यो कान्तिपुर सँगै होइन।
अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्। समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठुलो हो भने ठिक छ। म कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा LIVE गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस्। यो अत्याचार विरुद्ध म लड्छु।
यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।”
लामिछानेले लेखेका स्टाट्सको स्क्रीनसट्:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top