पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटलमा


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो । विहीबारको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो । ललितपुरको च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन मनोहरा र बागमती नदीमा आएको बाढीले डुबानमा परेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top