मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ । यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो ।

मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top