पाँचजना एसपीको काज सरुवा


काठमाडौं । पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ ।

त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ । ४ महिना अघि तनहुँमा गएका बोहरा अवधि नपुग्दै तानिएका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन् ।

उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top