जनतालाई सुविधा दिन लायक सहर बनाउने मन्त्री सिंहको प्रतिवद्धता


काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्ने बताएका छन् । सोमबार सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले देशका ठूला दलहरु मिलेर बनेको सरकार भएको कारणले डेलिभर गर्ने र जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर अगाडि बढनुपर्ने बताए ।

उनले भने,‘देशका ठूला दलहरु मिलेर बनेको सरकार भएका कारणले ध्यान डेलिभर गर्नेमा हुनुपर्छ । जनतालाई राहत दिनुपर्नेमा अगाडि बढ्नुपर्छ ।’ उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक सहर बनाउनको लागि मन्त्रालयको काम कर्तव्य र अधिकारको सिमाभित्र बसेर काम अगाडि बढाउने प्रतिवद्धता जनाए ।

उनले भने,‘आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधा दिन लायकको सहर बनाउनको लागि मन्त्रालयको काम कर्तवय अधिकार जे छ त्यसको सिमाभित्र बसेर काम अगाडि बढाउनेतिर लाग्नुपर्छ ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top