चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो


काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो ।

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top