त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषदको बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय रहनुभएका अर्यालले आज आफूले नियुक्तिपत्र लिएको बताएका छन् ।

यसअघि सो विभागको प्रमुखमा प्रा. चिरञ्जीवी खनाल थिए । उनी पछि प्रा. प्रवलराज पोखरेल विभागको प्रमुख भए । पोखरेलले अनिवार्य अवकाश पाएपछि डा. अर्याललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि पत्रकारिता केन्द्रीय विभागको पठन पाठन रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गबाट हुँदैआएको थियो । अहिले सो विभाग बल्खुस्थित त्रिवि परिसरमा आफ्नै नयाँ भवनमा सरेको छ । डा. अर्यालले असार १४ गते शुक्रबारदेखि औपचारिक जिम्मेवारी लिएका हुन ।

जिम्मेवारी लिएपछि उनले भनेका छन्, “पत्रकारिता शिक्षा र अभ्यास अलग विषय होइन, मिडियाको न्यूजरुम र क्लासरुमलाई जोड्ने काममा विशेष ध्यान दिनेछु । त्रिविले शिक्षा क्षेत्रमा यत्तिधेरै काम गरेको छ कि यो न्यूजमेकर निकाय पनि हो । यसको छवि निर्माणमा हामी सबै थप लाग्नुपर्छ । मिडियामार्फत जनसम्पर्क बढाउन विभागले काम  गर्नेछ ।”


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top