अफगानिस्तान विरुद्ध झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले जम्मा १ विकेट गुम्यो


काठमाडौं । आईसीसी टी २० विश्वकपको फाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ । बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा मात्र ५६ रन बनाएर अलआउट हुन पुग्यो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज साम्सीले समान तीन-तीन विकेट लिए । यस्तै,  कगिसो रबाडा र एनरिक नोर्ट्जे समान दुई विकेट रह्यो ।

यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिँदा कगिसो रबाडाले ३ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिए । नोर्कियाले ३ ओभरमा ७ रन खर्चदा शाम्सीले १.५ ओभरमा ६ रन दिए ।

प्रतियोगितामा दक्षिण अफ्रिका सुपर-८ को समूह-२ को विजेताका रुपमा सेमिफाइनल आएको हो । अफगानिस्तान भने समूह-१ को उपविजेता हो । आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

ताजा अवस्थामा दक्षिण अफ्रिकाले २.४ ओभर सकिँदा १ विकेट गुमाएर ६ रन जोडेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top