यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा तोकिएको छ । सोमबार खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको थियो । आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबार खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top