क्रिकेटर लामिछानेको निलम्बन फुकुवा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा भएको जनाएको हो । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतबाट पाएको सफाइसँगै क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपले विश्वकप खेल्न पाउने बाटो खुलेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि क्यानले उनलाई खेलबाट निलम्बन गरेको थियो । जिल्लाको फैसलाविरुद्ध पुनरावेदन लिएर उनी उच्च अदालत पुगेका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top