यस्तो छ, आज विदेशी मुद्रा विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ । त्यस्तै, यूरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम थियो । त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top