सुनको भाउ निरन्तर उकालो लाग्दै,आज नयाँ रेकर्ड कायम


काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय १० रूपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भएको थियो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top