‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक : विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकास गर्न ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताएका छन् । शनिबार  नेपाल शिक्षक संघ बागमती प्रदेश चौथो प्रतिनिधि सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले देशमा राजीनतिक सिस्टमले काम गर्नसक्यो भने मात्र मुलुकले गति लिने उल्लेख गर्दै नेपाल बन्दैन भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘यो देश सिस्टमले बनाउने हो कि हिरोले बनाउने हो ? एउटा फिल्मको हिरोले बनाएजस्तो गरेर देश बन्दैन् । देश बनाउनका लागि सिस्टमको आवश्यकता छ । नेपाली कांग्रेसले सिस्टम समात्छ । यो देशको विकासका लागि ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक छ ।’

मुलुकमा राजनीतिले सिस्टममा चल्न सकेन भने मान्छे हिरोजम्मको पछि लाग्ने महामन्त्री शर्माको भनाइ थियो । उनले संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक छिट्टै दर्ता गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले भने,‘आधा शताब्दीपछि आएको शिक्षा विधेयक संसदमा छ । अस्तीको सदनले पास गर्नुपथ्र्यो गरेन भन्ने गुनासो आयो यो स्वाभाविक हो । तर के कुरामा स्पष्ट पार्न चाहन्छु भने अस्तीको सदन भनेको बजेट अधिवेशनका लागि हो । संसदमा एउटा बजेट र अर्को विधेयक अधिवेशन गरेर दुईवटा अधिवेशन हुन्छन् । अहिले हामी सबैको जोड भनेको ५० वर्षपछि आएको शिक्षा विधेयक पास हुनुपर्दछ ।’

शिक्षा विधेयकमा विभिन्न पक्षहरु सुधार्नुपर्ने भएकाले आफूहरु शिक्षकको संरक्षण र सेवासुविधका लागि बोलिरहेको बताए ।

उनले अघि भने, ‘ विद्यालय शिक्षा विधेयकमा अझै कमजोरीहरु छन् । तर कांग्रेसले क्याविनेटबाट पास भएपछि सदनमा दर्ता गर्नुपर्छ भनेको छ । म आफैले पनि पहिलो पटक विद्यालय शिक्षा विधेयकका सम्बन्धमा र शिक्षकको पेन्सनको सम्बन्धमा बोलिरहेका छु ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top