रास्वपालाई उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय


काठमाडाैँ । नयाँ सत्ता समिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा मन्त्रालय पाएकाे छ । उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाकाे भागमा परेकाे पार्टी उच्च स्राेतले जानकारी दियाे । प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले दलहरूले पाउने मन्त्रालयको टुंगो लगाएको हो ।

रास्वपाले आफ्ना सांसदहरूसँग मन्त्री बन्न इच्छुक भएकाहरूलाई आफ्नो योजना र दाबी पेश गर्न समेत भनिसकेको छ । जसअनुसार करिब करिब मन्त्री बन्ने उम्मेदवारको टुंगो लागेको छ । रास्वपाबाट पार्टी सभापति बाहेक अन्य उम्मेदवार मन्त्रीमा नदोहोरिन सक्ने सम्भावना बढेको एक नेताले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top