नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी


काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० श्रृंखलामा आन्तर्गत आजको खेलमा नेपाल नेदरल्याण्डसमाथि ६ विकेटको विजयी भएको छ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले खराब सुरुवात गरेको थियो । पहिलो ओभरमै दुवै ओपनर गुमाएको उसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए ।

त्यस्तै, टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३-२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई÷दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे ।

यस जितसँगै नेपालले चार खेलमा दुई चार अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ । आजको खेलमा जितेसँगै नेपालको फाइनलमा स्थान बनाउने सम्भावना बलियो भएको छ । यद्धपि उसले आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top