लिग टू : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो ।   ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट झारे ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले  ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो । नेपालका लागि  कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए ।

त्यस्तै, करण केसीले २६ रन, रोहित पौडेल १६ रन,  आरिफ शेखले २२ रन, आसिफ शेख १७ रनको यागदान दिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top