माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको पार्टीको विधान परिमार्जन सहित पारित गरिएको छ । पार्टीको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट संकलित सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित पारित गरिएको हो ।

अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने बताउँदै विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top