बढ्यो पाउण्डको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलर, युरो र पाउण्डमा सामान्य मूल्य बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसामा कारोबार हुँदा युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको थियो ।

यस्तै, बेलायती पाउण्ड शुक्रबार एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।  आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top