बजेट विशुद्ध अर्थशास्त्र मात्र होइन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान सम्बन्धी छलफलमा बोल्दै उनले बजेट विशुद्ध अर्थशास्त्र मात्रै नभइ राजनीतिक अर्थशास्त्र भएकाले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्ने बताए ।

उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । उनले भने ‘बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौं । हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ ।’

बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै उनले  विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्नेगरी पछिल्लो समय देशको अर्थतन्त्र सही बाटोमा आगाडि बढेको बताए । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहेको उनले उल्लेख गरे ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top