केपी ओली कप फुटबलको खेलतालिका सार्वजनिक


काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको तालिका सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक राष्ट्रिय युवा संघ नेपालले फागुन ११–१९ मा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार दोस्रो संस्करणको प्रतियोगितामा उद्घाटन खेल केपी ओली फुटबल क्लब र चर्च ब्वाइज युनाईटेडबीच हुने छ ।

केपी ओली फुटबल क्लबका साथै सात ‘ए’ डिभिजन क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् । साथमा भारतको दिल्ली फुटबल क्लव र वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा उपाधि विजेता टोलीले ट्रफीसँगै ११ लाख रुपैयाँ र उपविजेता टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top