कारोबारको तेस्रो दिन लगातार घट्यो सुनचाँदीको मूल्य


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो सोमबार छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top