माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ । संसद्को हिउँदे अधिवेशन सोमरबारदेखि नै सुरु हुँदैछ । माओवादी केन्द्रले हिउँदे अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सोमबार बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने सांसद हितबहादुर तामाङले जानकारी दिए । ‘हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ । धेरै कानूनहरू बनाउनुपर्नेछ, त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top