नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर नै छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो । चाँदीको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top