अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु


काठमाडौं । अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो ।

घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रुपमा भएको छ ।

प्रहरी प्रमुख बिल इभान्सले दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको बताए ।

प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् । तथ्याङ्कअनुसार यो वर्षको पहिलो साता गोलीबारीमा ८७५ जनाको मृत्यु भएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top