यू–१९ विश्वकपमा भारत विजयी


काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो । भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो ।

पहिला ब्याटिङ गर्दा भारतका आदर्श सिंहले सर्वाधिक ७६ रनको पारि खेल्दा उदय शरणले ६४ रन बनाएका थिए । यस्तै सचिन दासले नटआउट २६ रन बनाउँदा आर्भेले अभिनास र प्रियान्सु मोलियाले २३–२३ रन बनाए । बंगलादेशका मारुफ मरिदाले सर्वाधिक ५ विकेट लिए ।

२५२ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । बंगलादेशका लागि मोहम्मद सिहाव रोबीले ५४ रनको अर्धशतकीय पारि खेल्दा अरिफुल इस्लामले ४१ रन बनाए । शेख पभेज जिवोन १५ तथा अशिकुर रहमान र जिसन आलमले १४–१४ रन बनाए ।

भारतका सौम्य पाण्डेले ४ विकेट लिँदा मुसेर खानले २ विकेट लिए । समूह एमा भारतले पनि २ अंक जोडेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top