समाचार

धनुषा-१ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार (फागुन २८) अन्तरिम आदेश दिएको हो । कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका […]

धनुषा-१ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश ! Read More »

जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ : कार्की

काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् । आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भदाै २३ गते युवाहरुलाई गोली हान्न आदेश दिनेदेखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताए ।

जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ : कार्की Read More »

बालेनको चुनावी प्रचारमा सहभागी चलचित्र पत्रकार सिटौलाको निधन !

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

बालेनको चुनावी प्रचारमा सहभागी चलचित्र पत्रकार सिटौलाको निधन ! Read More »

आज शहीद दिवस : प्रत्येक वर्ष सम्झिने, सपना पूरा नहुने !

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली

आज शहीद दिवस : प्रत्येक वर्ष सम्झिने, सपना पूरा नहुने ! Read More »

बालेनले भने, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय’

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसर पारेर आफ्नो इन्जिनियरिङ अनुभव र देश निर्माणको भावी मार्गचित्रबारे धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा एक सिभिल इन्जिनियरको रूपमा काम गर्दाका अनुभवहरू स्मरण गर्दै अबको आवश्यकता ‘इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण’ भएको बताएका छन्।

बालेनले भने, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय’ Read More »

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै !

काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै ! Read More »

बालेन पछि कुलमानको आगमनसँगै थप मजबुत बन्यो रविको रास्वपा !

काठमाडौं । पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि

बालेन पछि कुलमानको आगमनसँगै थप मजबुत बन्यो रविको रास्वपा ! Read More »

अन्ततः रवि बालेनको ऐतिहासिक मिलन ! ७ बुँदे सम्झौतामा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने

अन्ततः रवि बालेनको ऐतिहासिक मिलन ! ७ बुँदे सम्झौतामा के छ ? Read More »

रवि लामिछाने थुनामुक्त : यस्तो छ अदालतको आदेश !

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हुनसक्ने सम्भावित बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २६ साउन, २०८२ मा जिल्ला अदालत रुपन्देहीले जमानत लिन गरेको अस्वीकार बदर गरेको हो । उच्च अदालतले बैंक जमानत बापत पेश गरेको रकम

रवि लामिछाने थुनामुक्त : यस्तो छ अदालतको आदेश ! Read More »

हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना !

हेटौंडा । सडक डिभिजन हेटौंडाले शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरूवात गरेको छ । बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका

हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू, भत्काउन थालियो अतिक्रमित संरचना ! Read More »

Scroll to Top