खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर : मन्त्री महर्जन


मकवानपुर । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर रहेको बताएका छन् । मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं-५ शिखर कटेरीमा आयोजना भएको खुला नकआउट ९ ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदलाई बागमती प्रदेश सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर रहेको बताएका हुन् ।

उनले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन सबैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गरे। खेलकुदको पूर्वाधारहरु निर्माणमा बागमती प्रदेश सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि बागमती प्रदेश सरकार सधैं प्रयत्नशील रहने उनले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top