एआईलाई नियमन गर्दै अघि बढाउन आवशयक : सासंद भट्टराई


काठमाडौं । नेकपा एमालेका सासंद योगेश भट्टराईले नेपाल अनलाई भोटिङ् सिस्टममा गए विदेशमा बसेर भोट हाल्न सक्ने बताएका छन् । बिहिबार नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स र डाटा ड्राइभन चुनावी अभियानको बारेमा भएको छलफलमा उनले विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने कुरा उठि रहेको अवस्थामा अनलाईन भोटिङ् महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘नेपाल क्रमश अनलाईन भोटिङ् सिस्टममा जानु पर्छ । किनभने नेपाली भोटरहरुको ठूदो संख्या बाहिर पनि छ । अहिले हामीले विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने कुरा उठाई रहेका छौ । तर अहिलेकै प्रणालीबाट विदेशमा बसेर भोट हाल्न सक्ने अवस्था देखिएको छैन् । अनलाई भोटिङ् सिस्टममा गयौं भने यो काम सजिलो हुन सक्छ ।’

उनले डिजिटल दुनियाँमा जाने क्रममा रहेको भन्दै अन्य देशमा जस्तै नेपालमा पनि एआईलाई नियमन गर्दै अघि बढाउनु पर्ने बताए ।

उनले भने, ‘नेपाल छिटै डिजिटल दुनियामा जादैँ छ र त्यसको प्रभाव राजनीतिक दलमा पनि पर्छ । जति यसको प्रभाव बढ्दै जान्छ यसको नियमन पनि गर्नुपर्ने हुन्छ । राज्यले कानून बनाउनु पर्ने हुन्छ । एआईको कुरामा हरेक देशले नियम बनाएर चल्दै आएका छन् । नेपालमा पनि सञ्चाल मन्त्रालय यसको नियमन गर्ने प्रक्रियामा छ ।’

यसको साथै, पार्टीगत रुपमा सूचनाहरु छिटो प्रवाह गर्नको लागि प्रचारको विभागको माध्यमबाट बढिभन्दा बढि प्रविधिको प्रयोग गर्ने प्रयासमा रहेको पनि उनको भनाई छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top