आजराति देखि नौबिसे-मलेखु खण्ड सडक २४ सै घण्टा खुल्ला


काठमाडौं । आजराति देखि पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे-मलेखु खण्ड सडक २४ सै घण्टा खुल्ला रहने भएको छ , यसअघि रातिको समय मा १० बजे देखि विहान ३ बजे सम्म ५ घण्टा बन्द हुँदै आएको थियो । चारवटा खोलाका पुलहरूमा (गडर लन्चिङ) बिम राख्ने कार्य सम्पन्न भएको छ ।

नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड)का योजना प्रमुख ईश्वरबहादुर रिजालले जानकारी दिए। उक्त सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ, खेस्टे र पोखरे खोलाका पुलहरूको गडर लन्चिङ कार्य सम्पन्न गरिएको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top