प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै विश्वासको मत लिने तय भएको हो । ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए भने ३१ गते सपथग्रहण गरेका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top