प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल यस्तो छ (सूचीसहित)


काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ । जसमध्ये सोमबार राष्ट्रपति निवास सितलनिवासमा १९ मन्त्रीहरुको सपथ ग्रहण भएको हो । जसमध्ये प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल उपप्रधानमन्त्री समेत हुन् । नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहणसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पनि पथ तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यी हुन् शपथ लिएका २१ मन्त्री:

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास (नेपाली काँग्रेस)

२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ मन्त्रालय (नेकपा एमाले)

३. मानवीर राई – रक्षा मन्त्रालय (नेकपा एमाले)

४. पृथ्वी सुब्बा गुरुङ – सूचना प्रविधि तथा सञ्चार, मन्त्रालय (नेकपा एमाले)

५. विद्या भट्टराई  – शिक्षा मन्त्रालय (नेकपा एमाले)

६. दामोदर भण्डारी – उद्योग मन्त्रालय (नेकपा एमाले)

७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेकपा एमाले)

८. बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी मन्त्रालय (नेकपा एमाले)

९. देबेन्द्र दाहाल –  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेकपा एमाले)

१०. रमेश लेखक – गृह मन्त्रालय (नेपाली काँग्रेस)

११. शरसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा (लोसपा)

१२. आरजु राणा – परराष्ट्र (नेपाली काँग्रेस)

१३. प्रदीप यादव – खानेपानी (जसपा)

१४. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक (जसपा)

१५. तेजुलाल चौधरी – युवा तथा खेलकुद (नेपाली काँग्रेस)

१६. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला (नेपाली काँग्रेस)

१७. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ (नेपाली काँग्रेस)

१८. ऐनबहादुर शाही – वन तथा वातावरण (नेपाली काँग्रेस)

१९. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन (नेपाली काँग्रेस)

२०. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या (नेपाली काँग्रेस)

२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास (नेपाली काँग्रेस)


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top