प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै 


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत-नदिनेबारे निर्णय गर्ने बताइएको छ ।

सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top