रास्वपाले सार्वजनिक गर्‍यो मुकुल ढकालको समीक्षा प्रतिवेदन (पूर्णपाठसहित)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको ‘विवादित’ समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार उक्त समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

ढकालको प्रतिवेदनमा ‘पार्टी पार्टीजस्तो नभएर एनजिओजस्तो’ भएको उल्लेख गरिएको छ । ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

रास्वपा केन्द्रीय समिति बैठकमा बुधबार प्रतिवेदनमाथि छलफल भएको थियो। उक्त प्रतिवेदनपछि रास्वपाको आन्तरिक विरोध चर्किएको छ। रास्वपाले महामन्त्री ढकाललाई अनुशासनको कारबाही गर्दै सात दिनका लागि निलम्बन गरेको छ ।

बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै ढकालले मुखमा ‘कालो टेप’ लगाएका थिए ।

 

प्रतिवेदन (पूर्णपाठसहित)

समीक्षा-यात्रा-प्रतिवेदन-Mukul_

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top