मुखमा टेप टाँसेर विरोधमा उत्रिए रास्वपा प्रवक्ता ढकाल (प्रतिवेदन सहित)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर पार्टीको केन्द्रीय समितिको बैठकमा सांकेतिक विरोध जनाएका छन् ।

समीक्षा यात्राको प्रतिवेदनका विषयहरु सार्वजनिक गरेपछि विवादमा परेका महामन्त्री ढकालले केन्द्रीय समितिको लाइभ हुनुपर्ने माग राखेका थिए । तर, पार्टी सदस्यहरुले लाइभ गर्न नहुने भनेपछि उनको उक्त प्रस्ताव अस्वीकृत गरिएको थियो । त्यसपछि आफ्नो बोल्न पाउने अधिकार हनन् भएको आरोप लगाउँदै मुखमा टेप लगाएका हुन् ।

महामन्त्री ढकालको प्रतिवेदनसँगै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको हो । नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दलसँग सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सत्तारुढ रास्वपा छलफलमा जुटेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रहेको रास्वपाले नयाँ बनेको कांग्रेस-एमाले गठबन्धनको सरकारमा सामेल नहुने यसअघि नै बताइसकेको छ ।

त्यस्तै, महामन्त्री ढकालले आफ्नो विवाह गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले आफ्नो विवाहकाबारे पार्टीले निर्णय गरिदिनुपर्ने बताएका हुन् । ‘गर्लफ्रेन्डको कुरा । मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदिओस,’ ढकालले प्रस्तावमा लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग विहे गर भन्छ भने पनि तयार छु । वा, आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदिओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् ।’

केही दिनअघि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकालले प्रेमिकालाई समानुपातिक सांसद बनाएको गम्भीर आरोप लगाएका थिए ।

RaSwaPa_Pratibedan_Mukul


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top